नेपाल बैंकको शेयर मूल्य समायोजन : यस्तो छ नयाँ मूल्य

price adjustements
लोकपाटी न्यूज

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल बैंक लिमिटेडको शेयर मुल्य समायोजन गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भएपछि नेप्सले आज उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो।

बैंकले आगामी पुस २९ गते बार्षिक साधारण सभा हुदैछ । त्यसको प्रयोजनका लागि बुक क्लोज भएपछि नेप्सले शेयर मुल्य समायोजन गरेको हो।

मुल्य समायोजन पछि बैंकको नयाँ शेयर मुल्य प्रतिकित्ता ३३१ रुपैयाँ पुगको छ। यसअघि बैंकको शेयर मुल्य ३७१ रुपैयाँ थियो। बैंकले गत आवको नाफाबाट १२ प्रतिशत बोनस शेयर दिदैंछ। नेप्सेले सोही आधारमा बैंकको नयाँ शेयर मुल्य निर्धारण गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्