आज सुनचाँदीको मुल्य कति छ ?

gold-coins-money-saving
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको मूल्यमा १०० रुपैयाँको गिरावट आएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९४ हजार १०० निर्धारण भएको छ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भइरहेको छ। तेजाबी सुन पनि प्रतितोला रु १०० ले घटेको छ।
त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु ५ ले घटेको छ। प्रतितोला रु १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भएको रु ५ ले घटेर १हजार ३ सय रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्