काठमाडौं। राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीलाई अस्पताल भर्ना गरिएको छ। कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या आएपछि अधिकारीलाई अस्पताल भर्ना गरिएको हो।
केही दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका अधिकारीलाई स्वास्थ्यमा समस्या आएसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको बताइएको छ।
उनलाई ज्वरो नघटेपछि अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनी हिजो मंगलबारदेखि पाटन अस्पतालमा उपचार गराइरहेको बताइएको छ। अस्पतालका अनुसार अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।



लोकपाटी न्यूज

