प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

sita_dahal
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्। सीतालाई बुधबार काठमाडौं भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

उनी पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट लामो समयदेखि पीडित छन्। स्वास्थ्य अवस्था विग्रिएपछि अस्पताल भर्न गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन्।

प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी भएका कारण यसअघि पटकपटक विदेशका विभिन्न अस्पतालहरूमा उपचार गरिएको थियो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका वेला पनि सीता आफ्ना पति प्रचण्डसँगै भूमिगत भएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्