राजेन्द्र बिक/ बाजुरा,१४ पुष। बडिमालिका नगरपालिकाले साँफे मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्गा नदिमा गाडी गुड्ने काँठेपुल निर्माण गरेको छ।
बेलिब्रिज निर्माणमा केही ढिला हुने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिनि टाटा, वाइक गुड्ने गरि काँठेपुल निर्माण गरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताए।
मार्तडीसम्म यातायात सञ्चालनसँगै सामान ढुवानीमा सहज भएको छ। साउन २५ को बाढीले बेलिब्रिज बगाउदा सदरमुकाम मार्तडी सम्मको सम्पर्क बिच्छेद भएको थियो।
खोलामा पुल नहुँदा मार्तडीसम्म जिप सञ्चालनमा आउँन सकेको थिएन। खोलामा गाडी गुड्ने काँठेपुल निर्माण भएपछि सदरमुकाम सम्म नियमित गाडी चल्ने भएपछि स्थानीय खुशी भएका छन्।



लोकपाटी न्यूज

