पवन गोल्यान भन्छन,-राष्ट्र बैंकको माईक्रो म्यानेजमेन्टले बैंकहरुलाई अघि बढ्न गाह्रो भो!

लोकपाटी न्यूज

वाणिज्य बैंक संचालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले नेपाल राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गरेर अघि बढ्दा बैंकहरुलाई गाह्रो भएको बताएका छन्। नेपाल बैंकर्स एशोशियसनको वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।

कुनै बैंकले अलिकति शुल्क बढी लियो भन्दैमा केन्द्रीय बैंकले नीतिनै परिवर्तन गरेर ल्याउन नहुने उनको भनाई छ। अहिले बैंकहरु अफ्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको बेला राष्ट्र बैंकले यसरी माइक्रो म्यानेजमेन्ट गर्दा बैंकहरुलाई धेरै गाह्रो हुने अवस्था आएको उनले गुनासो गरे ।

उनले राष्ट्र बैंकको नीतिहरु दीर्घकालीन हुनुपर्नेमा जोड दिएका छन्। गोल्यानले एकचोटी आइसकेपछि फेरि फर्काउन गाह्रो हुने भन्दै दीर्घकालीन नीतिमा जोड दिन केन्द्रीय बैंकलाई आग्रह गरेका हुन।

उनले केन्द्रीय बैंकले ल्याएको नीति छोटो समयमानै परिवर्तन गर्दा कसरी अघि बढ्ने भनेर समस्या हुने भन्दै नेपाल बैंकर्स एशोशियसनसँग सहकार्य गरेर अघि बढ्न समेत आग्रह गरेका छन्।