टोपबहादुर आए, लोडसेडिङ फर्काए

Top-Bahadur-Rayamajhi
लोकपाटी न्यूज

काठमाडौं। उर्जामन्त्रीको दोस्रो कार्यकालका लागि टोपबहादुर रायमाझीले हिजो हिजो मात्रै पदभार सम्हालेका छन्। तर, संयोग नै मान्नुपर्छ उनले पदभार सम्हालेको २४ घण्टा नबित्दै राजधानीमा लोडसेडिङकै भान पार्ने गरी बिजुली जान थालेको छ।

लोडसेडिङकै शैलीमा विद्युत् जान थालेपछि यति बेला फेरी १८ घण्टे लोडसेडिङ कालको सम्झना सुरु भएको छ। हाल उर्जामन्त्री भएका टोपबहादुर संविधान जारी भएपछि बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा यसअघि नै उर्जामन्त्री थिए । २०७२ सालमा उनी उर्जामन्त्री रहँदा देशमा १८ घण्टा नै लोडसेडिङ हुने अवस्था सम्म आएको थियो।

त्यति बेला मन्त्री रायमाझी लोडसेडिङका साक्षी जस्तै थिए। तर, ओली सरकार ढलेपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा कुशल व्यवस्थापक कुलमान घिसिङलाई नियुक्त गर्‍यो । उनै कुलमाले १८ घण्टे लोडसेडिङको अन्धकार हटाएर मुलुकमा चमत्कार गरिदिए।

हाल कुलमान घिसिङको कार्यकाल सकिएको छ। उनको पुनर्नियुक्तिका लागि उर्जामन्त्री वर्षमान पुनले कोसिस गरे पनि प्रधानमन्त्री ओलीले रोकेका कारण हालसम्म पनि उनको नियुक्त हुन सकेको छैन। कुलमानको अभाव र उर्जामन्त्री परिवर्तन भएकै दिनदेखि नेपालमा फेरी झ्याप झ्याप बत्ती जान थालेपछि फेरी लोडसेडिङ हुने त्रास बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्