सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

pathan
लोकपाटी न्यूज

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन्। बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन ।

भौतिक पूर्वाधर मन्त्री बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्। डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका थिए।

मन्त्री बोहरा नेकपाको ओली समूहका नेता हुन्। बोहराले भने अहिले आफू काठमाडौंमा भएको र बर्खास्त गरिएकोबारे आफूलाई जानकारी नभएको बताए। केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड-नेपाल पक्षको स्पष्ट बहुमत छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्