काठमाडौं। भारतको राजस्थानका व्यापारी धमेन्द्र अनिजा देश विदेशमा चर्चामा छन्। उनले चन्द्रमा टिपेर आफ्नो श्रीमतीलाई जमिनमा ल्याउन त सकेनन् तर चन्द्रमामा जग्गा किनेर श्रीमतीलाई उपहार दिएका छन्।
अनिजाले डिसेम्बर २४ मा आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा चन्द्रमामा जमिन किनेर श्रीमतीलाई उपहार दिएका हुन्। उनले चन्द्रमामा जमिन किन्ने आफ्नो सपना श्रीमती सपनाका लागि साकार पारेको बताए।
धमेन्द्रले बीबीसीसँग भने ‘मैले एक साल अघि नै अब आउने वैवाहिक वर्षगाँठमा श्रीमतीलाई चन्द्रमामा जमिन किनेर उपहार दिन्छु सोचेको थिए’, ‘यो दिनु त्यति सजिलो थिएन धेरै बाधाहरु थिए तर मैले गरेर देखाए।’
धमेन्द्रकी श्रीमती सपनाले चन्द्रमामा जमिन उपहार पाउँदा धेरै पटक खुशीले रोएको बताइन्। उनले भनिन्, ‘सायद म संसारकी भाग्यशाली श्रीमती हुँ।’ धमेन्द्रले श्रीमतीका सपनाका नाममा चन्द्रमामा तीन एकड जमिन ४९ वर्षका लागि खरिद गरेका छन्। उनले यो जमिन खरिद प्रक्रियाका लागि एक वर्ष लागेको बताए। बीबीसी



लोकपाटी न्यूज

