प्रदेश सभा सदस्य कोइरालाले प्रश्न गरे-मुख्यमन्त्री ज्यू हजुरको प्रदेश सभामा कति सदस्य हो ?

deepak koirala
लोकपाटी न्यूज

पोखरा। प्रदेश सभा सदस्य एवं विकास तथा अर्थ समिती सभापति दिपक कोइरालाले गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङ लाई प्रदेश सभा कति सदस्य हो ? थाहा छ भनेर प्रश्न गरेका छन्।

प्रदेस सभाको ब्यानर नहटाइ प्रदेस सभाको रोस्टम प्रयोग गरेर युवाहरुको कार्यक्रम तर्फ इंकित गर्दै सो कुरा बताएका हुन्।

नेकपा ओली समूहले गण्डकी प्रदेशमा युवा प्रशिक्षणको नाममा शक्ति प्रदशन गरयो। केपी ओलीको समर्थनमा निकालियको उक्त जुलुसमा गण्डकी प्रदेशको सबै जिल्लाबाट मान्छे उतरियाको थियो। कार्यक्रम गण्डकी प्रदेशको सभाहल अथवा पोखरा सभागृहलाई प्रयोग गरियको थियो।

कोइरालाले भनेका छन्, ‛प्रदेश सभाको ब्यानरसम्म पनि नहटाई प्रदेश सभाको रोस्टम प्रयोग गरेर राजनीतिक कार्यक्रम गर्नु जनप्रतिनिधि संस्था माथिको घोर अपमान हो। यो अपमानको नेतृत्व गर्नु हुने गण्डकी प्रदेशका मुख्य मन्त्री ज्यू कस्तो संस्कार बसाल्न खोज्दै हुनुहुन्छ? साथ दिने सांसद ज्युहरु कम्तिमा आफै अपमानित हुने काम त नगर्नुस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्