अमिताभ बच्चनले मागे एक महिलासँग माफी

Amitav_Bachchan
लोकपाटी न्यूज

काठमाडौं। भारतीय महानायक अमिताभ बच्चनले आफ्नो सामाजिक सञ्जालमार्फत् एक महिलासँग माफी मागेका छन्। अमिताभले आफ्नो ट्वीटर तथा फेसबुक ह्यान्डलबाट टिशा अग्रवाल नामकी एक महिलासँग माफी मागेका हुन्।

टिशाको अग्रवालको कवितामा उनको नाम उल्लेख नगरी ट्वीट गरेकोमा अमिताभले माफी माग्नु परेको हो। केही दिनअघि अमिताभले आफ्नो ट्वीटरमा एउटा कविता ट्वटि गरेका थिए। पछि टिशा अग्रवालले सो कविता आफ्नो भएको र अमिताभले त्यसमा आफ्नो नाम उल्लेख नगरेको गुनासो गरेपछि उनी रातोरात चर्चित बनिन्। सामाजिक सञ्जालमा अमिताभको खुब आलोचना भयो।

खासमा कुनै अरु सेलिब्रेटीले यसो गरेको भए खासै आलोचना नहुन सक्थ्यो तर, अमिताभले यसअघि कपीराइटको विषयमा अरुलाई दुख दिएकाले उनले यसो गर्नु ‘दोहोरो चरित्रको प्रदर्शन गर्नु हो’ भन्दै सामाजिक सञ्जालमा उनी आलोचित बनेका हुन्। (एजेन्सीको सहयोगमा)

amitabh-1-364x768

amitabh

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्