ओली सरकार आइलागे जाइलाग्छौँ : थापा

Lekh_Bahadur_Thapa
लोकपाटी न्यूज

गोरखा। गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रदेशमा आफ्नो पक्षमा बहुमत रहेको बताएका छन्। नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल पक्ष नेता थापाले गण्डकी प्रदेशमा आफूहरु बहुमतमा रहेको सुनाए। उनले तत्काल गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूहरु नरहेको बताए।

यदी ओली पक्षले जिस्क्याएमा वा हस्तक्षेप गर्न खोज्यो भने आफूहरु पछि नहट्ने मन्त्री थापाको भनाई छ। उनले भनेका छन्, ‘अहिले फुटको अवस्थालाई हेर्दा प्रदेश सरकार गठन गर्ने अवस्था आयो भने हामी बहुमतमा हुनेछौँ। एक नम्बर प्रदेशमा झैँ यहाँ पनि हस्ताक्षेप हुन खोज्छ भने यहाँ पनि हामी बहुमतमा छौं। आइ लागिँदैन। आइलागेमा जाइलाग्न पनि पछि परिदैँन।’

‘असंवैधानिक कदम चाल्न कत्ति पनि नहिच्किचाउने ओलीले प्रदेश संसद, प्रदेश सरकार पनि भंग गर्न बेला लगाउँदैनन् भन्ने हामीले अनुमान गरिरहेका छौं’, उनले भने, ‘प्रदेश संसद नै नरहे हामी प्रदेश सरकारको के अर्थ रह्यो र ? त्यसैले हामी त्यसको प्रतिवादका लागि तयारी अवस्थामा रहेका छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्