रमेश भुसाल/पश्चिम नवलपरासी, १२ पुस। पश्चिम नवलपरासीको सुनवलमा ६ महिने सामुदायिक कृषि र पशु सहायक साथै कृषि जुनियर टेक्नीसियन सम्वन्धी तालिमको शनिबार उद्घाटन गरिएको छ।
तालिमको तीन महिना कक्षामा पनि सिकाई हुने र ८० प्रतिशत प्रशिक्षकसंगै करेसाबारी, बारी, नमूना र्फममा सिक्ने र बाँकी तीन महिना सम्वन्धीत विज्ञहरुले प्रशिक्षार्थीकै घरमा, गोठमा, बाख्राको खोरमा, मौरीको घार लगाएतमा सिकाउने तालिम रहेको सेवा प्रदायक संस्था देउराली प्राविधिक शिक्षालयका प्रमुख प्रकाश रानाले बताए।
तालिमममा छनोट भएका ६० जना प्रशिक्षार्थी सहभागि हुने छन्। छनोट भएका प्रशिक्षार्थीहरुले खुसी हुँदै सिप अनुसारको व्यवसायलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे। कृषि गर्नुपर्छ भन्दै गर्दा कृषि गर्न पनि दक्षता र अनुभव चाहिने भएकाले त्यसको लागि संयोजन गर्न र अगाडि बढ्नको लागि यो कार्यक्रमले सहयोग पुग्ने सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको भनाई छ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले कृषि क्षेत्रलाई उत्पादनमुखि गराउन तर्फ जोड दिँदै व्यवसायमूखि बन्न आग्रह गरे। साथै त्यसको लागि सुनवल नगरपालिकाले कृषि उत्पादित वस्तु संकलनदेखि बजारीकरणसम्म सहयोग गर्ने बताए।
युरोपियन युनियनको आर्थिक साहायता, ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता टिभिईटि व्यवहारिक साझेदारीको सहयोगमा देउराली जनता प्राविधिक शिक्षालयद्धारा प्रवर्धित कृषि स्वारोजगारको लागि साझेदारी परियोजना अन्तरर्गत रोजगारीको सुनिश्चिततासहित सिटिईभिटिको पाठ्यक्रम, सिप प्रमाणीकरण र नमूना कृषि र्फममा आधारित निशुल्क रुपमा संचालित हुने सामुदायिक कृषि सहायक, सामुदायिक पशु साहायक र कृषि जुनियर टेक्निसियन सहायक विषयक तालिममा साझेदारी संस्था सुनवल नगरपालका र दियालो कृषि सहकारी संस्था रहेका छन्।
तालिमको उद्घाटन कार्यक्रममा सि.टि.ई भि.टि का डाइरेक्टर डा. कुस्माखर भट्ट, त्रिभुवन विश्वविद्यालयका उप(प्रध्यापक मुक्ति पौडेल, सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्ण बहादुर शेन, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्या, प्रशिक्षक नर वहादुर खड्का, दियालो कृषि सहकारीका सचिव मन बहादुर थापाले तालिममा मात्र सिमित नभएर व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिएका थिए।



लोकपाटी न्यूज

