काठमाडौं। नेपालमा कोरोना भाइरसको सङ्क्रमण भएकामध्ये ९६ दशमलव ८ प्रतिशत निको भएका छन्। अहिलेसम्म दुई लाख ५८ हजार एक सय ८१ जनामा कोरोना सङ्क्रमण भएकोमा दुई लाख ४९ हजार आठ सय ६३ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिले नेपालमा छ हजार चार सय ९३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा छ जनासहित एक हजार आठ सय २५ जनाको मृत्यु भएको छ।
यस्तै गएको २४ घण्टामा देशभर तीन हजार आठ सय २८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै गएको २४ घण्टामा सात सय ३१ जना निको भएका छन्।



लोकपाटी न्यूज

