बुटवल। लुम्बिनी प्रदेशका विभिन्न संस्थामा कार्यरत लेखापालहरुको शनिबार भेला सम्पन्न भएको छ। बुटवलमा भएको भेलामा लेखापाल पेशालाई कसरी व्यवस्थित, पारदर्शी र सुरक्षीत बनाउने, सीप र प्रबिधिको आदानप्रदान कसरी गर्ने, श्रमबजार, जनशक्ति, निजि संस्था, लगानिकर्ता र यसका अन्य स्टेकहोल्डर्हरुको बिचमा रहि पुलको कार्य गर्ने लगायतका विभिन्न विषयमा छलफल गरिएको थियो।
लेखापालहरुको भेलाले लेखाकार संघ नेपाल (एएएन) स्थापना गर्ने निर्णय समेत गरेको छ। साथै भेलाले एएनको तदर्थ समिति भेषराज आचार्यको संयोजकत्वमा २३ जना सदस्य गठन गरेको छ भने संस्थामा राष्ट्रिय स्तरमा छरिएर रहेका सबै लेखापाललाई एकताबद्ध गर्ने लक्ष्यसहित आगामी माघ ३ गते बुटवलमै अर्को पुर्ण बैठक बस्ने निर्णय समेत गरेको छ। सो कार्यक्रम संयोजन तथा संचालन छबिलाल डुम्रेले गरेका थिए भने स्वागत मन्तव्य लेखापाल नारायण गौतमले राखेका थिए।



लोकपाटी न्यूज
