काठमाडौं। बर्खास्त गरिएका प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका छन्।
आङ्बोले प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई सामाजिक सञ्जालमार्फत् धन्यवाद दिएका हुन्।
उनले शनिबार साँझ फेसकुमा स्टाट्स लेखेका छन्, ‛प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिनुभएकोमा मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु। ’
यसअघि, शनिबारै साँझ मुख्यमन्त्री राईले उनलाई पदमुक्त गरेका थिए। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि उनलाई सरकारबाट निकालिएको हो।
आङ्बो पूर्वमाओवादी नेता पनि हुन्। उनी आङ्बो नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा छन्।



लोकपाटी न्यूज

