दुर्गा मन्दिर निर्माणको लागि अन्तरक्रिया

pic 7
लोकपाटी न्यूज

रमेश भुसाल/ सुनवल, ११ पुस। कृष्णधाम सुनवल ४ रमवापुरमा शनिबार दुर्गा मन्दिर निर्माणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुटवल नारायणगढ सडक विस्तारसंगै ८२ फुटभित्र दुर्गा मन्दिर पर्ने भएकाले स्थानन्तरण गरी निर्माण गर्न लागीएको हो।

निर्माण गर्न लागीएको दुर्गा मन्दिर कृृष्ण मुर्तिदेखि करिव ६० मिटर पश्चिमतर्फ मन्दिरको शिलान्यास भैसकेको छ। जसको लागि सुनवल नगरपालिकाका नगरप्रमुख भीम बहादुर थापाले निर्माण जन्य सवै सामग्रीको व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै दुर्गा मुर्तिको लागि स्थानीय समाजसेवि नरेन्द्र श्रेष्ठले आफ्नो व्यक्तिगत सहयोग रहने प्रतिवद्धता यस अगाडिनै गरेका थिए।

शनिबार भएको अन्तरक्रिया तथा छलफलबाट दुर्गा मन्दिर निर्माणको लागि निर्माण समिति र आर्थिक समिति समेत चयन गरेको कृष्ण धाम विकास समितिका अध्यक्ष याम प्रसाद ढकालले जानकारी दिए।  याम प्रसाद ढकालको संयोजकत्वमा वनेको निर्माण समितिको सहसंयोजकमा नरेन्द्र वहादुर श्रेष्ठ रहेका छन् भने सचिवमा रेशमलाल पाध्याय, कोषाध्यक्षमा शकुन्तला न्यौपाने र सदस्यहरुमा मुरलीधर गौतम, रविलाल सापकोटा, गंगा ढकाल, हिरा गिरि र बवि शर्मा रहेको कृष्ण विकास धाम समितिका सचिव गणेश पोखरेलले जानकारी दिए।

त्यस्तै वडा सदस्य वालकृष्ण पंगेनिको संयोजकत्वमा वनेको आर्थिक समितिमा लिलाधर सापकोटा, लक्ष्मी भट्राई, ज्ञान प्रसाद भुसाल, हरि कंडेल, दुर्गा देवि ढकाल, ज्ञानु गौतम र मिना पौडेल रहेका थिए भने कार्यक्रमलाई सहजिकरण स्थानीय समाजसेवि जगत प्रसाद पौडेलले गरेका थिए।

कार्यक्रममा कृष्ण विकास धाम समितिका अध्यक्ष याम प्रसाद ढकालको अध्यक्षता साथै सुनवल नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष विर वहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यपालिका सदस्य रमादेवि ढकाल, दशरथ कुमाल, वडा सदस्यहरु गुन वहादुर थापा, वालकृष्ण पंगेनि, कुमिसरा विक,नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपल प्रसाद शर्मा,सामाजिक व्यक्तित्वहरु उमाकान्त उपाध्याय, बालकृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्