पुस १४ गतेदेखि खुल्दै सवारी चालक अनुमतिपत्रको अनलाइन फारम

smart_license
लोकपाटी न्यूज

काठमाडौं। यातायात व्यवस्था कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम मंगलबारदेखि खोल्‍ने तयारी गरेका छन्। कोरोना महामारीसँगै चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको थियो।

यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गरेर लाइसेन्सको वितरणको कार्य पुनः सञ्चालन गरिने जनाएको छ। यसका साथै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ।

विभिन्न किसिमको चालक अनुमतिपत्र लिनका लागि हजारौं व्यक्ति प्रतिक्षारत छन्।

license

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्