काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन्। ओलीले मन्त्रिपरिषद् विस्तार गरेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए।
जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन्। यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ।
उनीहरु सबै पूर्वमाओवादी समूहका हुन्। नेकपा विभाजन भएपछि ओली समूहमा गएका थिए। नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाउने तयारी भइरहेको छ। उनीहरुलाई शपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा साढे ६ बजे बोलाइएको छ।



लोकपाटी न्यूज

