संसद बिघटनबारे सरकारको निर्णयमा कारण देखाऊ आदेश

High Court
लोकपाटी न्यूज

काठमाडौं। संसद बिघटन गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आज (शुक्रबार)  संसद बिघटनविरुद्ध परेको एक दर्जनभन्दा बढी निवेदनमाथि संवैधानिक इजालाशमा सुनुवाईपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो।

आजै यी निवेदनहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा संवैधानिक इजलाश गठन भएको थियो। जसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।

यस्तै, कानुनविद्हरुले संवैधानिक इजलास गठनमै प्रश्न उठाएका छन्। संवैधानिक इजलासमा रहेका न्यायाधीशको विगत स्मरण गराउँदै प्रश्न उठाइएको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठन नमिलेको तर्क गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शंका नगर्न आग्रह गरेका थिए।

उनले शंका गर्ने ठाउँ नभएको भन्दै वरिष्ठ अधिवक्ताले नै यस्तो प्रश्न उठाएपछि आफूहरु उठेर गयो ? भने के हुन्छ भन्दै प्रश्न गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्