बागमतीको नयाँ मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्तावित

Ashta-Laxmi-Shakya
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै शाक्यको नाम प्रस्ताव गरिएको हो।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले आजै राजीनामा दिएका छन्। प्रस्तावकका रुपमा भर्खरै राजीनामा दिएका प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल छन्।

राजीनामा दिनेहरूमा जमकट्टेल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद सुवेदी र सामाजिक विकासमन्त्री युवराज दुलाल छन्। यसअघि पार्टी संसदीय दलको चुनावमा शाक्य मुख्यमन्त्री पौडेलसँग पराजित भएकी थिइन्। उनी नेकपाको स्थायी समिति सदस्य हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघट गरेसँगै त्यकसको असर संघ देखि प्रदेशसम्ममा परेको छ। यता नेकपा पनि अघोषित रुपमा विभाजन भएको छ। मुख्यमन्त्री पौडेल ओली पक्षका नेता हुन्। बागमती प्रदेशमा प्रचण्ड-नेपाल पक्षको बहुमत रहेको छ।

मुख्यमन्त्रीका लागि उनीहरुसँग स्पष्ट बहुमत रहेको छ। नेकपाभित्र विवाद चुलिएपछि प्रदेश सरकारमा पनि त्यसको असर पर्ने अनुमानकाबीच त्यसको पहिलो परिणाम वाग्मती प्रदेश सरकारमा देखिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्