मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद को-को ?

dormani-poudel
लोकपाटी न्यूज

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको हो।

नेकपा प्रचण्ड-माधव पक्षका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावकका रुपमा प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल छन्।

बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्।​ शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन्।

भर्खरै राजीनामा दिएका मन्त्री शालिकराम जमकरट्टेल सहितले प्रदेशसभा सचिवालयमा गएर अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्