काठमाडौं। निर्वाचन आयोगले अहिलेसम्म नेकपाको नाम र चुनाव चिन्हबारे कुनै उजुरी नपरेको जनाएको छ। नेकपाका ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले एक अर्कालाई कारबाही गरेको सूचना निर्वाचन आयोगमा दिएका छन्।
तर, आयोगले अहिलेसम्म नाम र चुनाव चिन्हबारे कुनै उजुरी नपरेको जनाएको हो। दुबै पक्षका नेताहरूले सूर्य चुनाव चिन्हबारे दाबी गर्दै आएका छन्।
निर्वाचन आयोगमा सबभन्दा पहिला ओली पक्षले केन्द्रीय समिति विस्तार गरिएको सूचना दिएको थियो। लगत्तै ओलीलाई कारबाहीको सूचना आयोगमा प्रचण्ड-नेपाल पक्षले दिएको थियो।
त्यस्तै, माधव नेपाललाई अध्यक्ष बनाइएको जानकरी पनि आयोगमा पुगेको छ। प्रचण्ड-नेपाल पक्षले भने पार्टीको केन्द्रीय समिति ३३४ सदस्यीय भएको जानकारी आयोगमा पठाएको छ। प्रचण्ड-नेपाल पक्ष शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदैछ। नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल विभाजित भएका छन्।



लोकपाटी न्यूज

