स्थानीय उत्पादनहरुको प्रबद्र्धन तथा बजारीकरणमा युवाहरुको भूमिका महत्वपूर्ण : बलराम ढकाल

pic 8
लोकपाटी न्यूज

पोखरा। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीय उत्पादनहरुको प्रबद्र्धन तथा बजारिकरणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाली उत्पादनहरुको बजारिकरणका लागि स्थापित पोखरा फार्मर्स टे«डर्सको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ढकालले स्थानीय उत्पादनहरुले बजार पाउन सके नेपालको ग्रामिण क्षेत्रको विकास तिब्र गतिमा हुनेमा जोड दिए।

डोकोमार्ट अनलाइनको पहिलो भौतिक स्टोरका रुपमा शुरु गरिएको यो स्टोरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डोकोमार्टका अध्यक्ष अनन्त कुमार श्रेष्ठले नेपाली अर्थतन्त्रलाई बलियो बनाउने अभियानमा लाग्नका लागि सबैलाई अपिल समेत गरे। अध्यक्ष श्रेष्ठले भने, युवाहरु उत्पादनमा लाग्नुहोस्, बजार खोज्ने काम डोकोमार्टले गर्नेछ।

१५ लाख रुपैयाँको लागतमा पोखरा महानगरपालिका वडा नं. ३० शिशुवामा स्थापित यो स्टोरमा किसानहरुको उत्पादनलाई रिफाइन गरी ग्राहकहरुलाई उपलब्ध गराउने तयारी भएको स्टोरका प्रोपाइटर सुनिल तिमिल्सेनाले जानकारी दिए।

स्टोरमा गेडागुडी, मह, पिठो, कफि, अचार, बेकरी, पेन्टिङ्ग, तरकारी, सफाई सामाग्री जस्ता एक सय बढि सामाग्रीहरु किन्न पाइन्छ। साथै स्टोरका सामाग्रीहरु डोकोमार्टबाट समेत अनलाइन अर्डर गर्न सकिने स्टोरकी प्रबन्ध निर्देशक अञ्जली पौडेलले बताए।