थप ६१३ जनामा कोरोना, मृत्यु हुनेको संख्या कति पुग्यो ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५१० जनाको पीसीआर परीक्षणा गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये २३३ जना महिला र ३८० पुरुष रहेका छन्। यसअघि बुधबार ९हिजो०को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ थियो। पछिल्लो २४ घण्टामा थप ७३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४७ हजार ४०० पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८०८ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्