विश्वकपको खेल तालिका सार्वजनिक : कुन खेल कहाँ ?

pic game
लोकपाटी न्यूज

काठमाडौं। फिफा क्लब विश्वकपको खेल तालिका र स्थान सार्वजनिक भएको छ। फिफा क्लब विश्वकपको खेल तालिका र स्थान सार्वजनिक भएको हो। सन् २०२० को क्लब विश्वकप कोरोना महामारीका कारण स्थगित भएको थियो।

नयाँ तालिका अनुसार कतारमा सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म क्लब विश्वकप आयोजना हुनेछ। प्रतियोगिताका लागि तीन रंगशाला तय गरिएको छ। जसमा अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियम रहेका छन्।

अहमद विन अली रंगशाला भर्खरै मात्र उद्घाटन गरिएको थियो। फिफाले आयोजना गर्ने विश्व क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा ६ महादेशका टिमलाई समावेश गरिनेछ।

प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा हुनेछ। समापन खेल फेब्रुअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ। एजेन्सी