सडक डिभिजन जुम्लाले काट्यो हिल्दुङ एण्ड थोकर– हिरा नमिता जेभीलाई पत्र

pic
लोकपाटी न्यूज

उपेन्द्र न्योपाने/सिञ्जा, ९ पुस। जुम्लाको नाग्म गमगडि राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम ५ वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले कामको जिम्मा लिएको हिल्दुङ एण्ड थोकर– हिरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ।  डिभिजन सडक कार्यालय प्रमुख लिलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटक-पटकको निर्देशन नटेरेपछि नवौं पटक पत्र काटिएको छ।

प्रमुख भण्डारीका अनुसार सो राजमार्गको सवै स्थानमा लगभग काम राम्रो भइसकेको छ। शुरुवातमा १३ किलोमिटरमा ५ वर्षअघि शुरु गरिएको काम अझै सकिएको छैन। बिचैमा काम छाडेर गएको सो निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते अन्तिमपत्र काम गर्न भनि काटिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए।

वि.सं. २०७३ साल वैशाख १३ गते पहिलो पत्र दिइएको उक्त कम्पनीलाई अहिलेसम्म नौवटा पत्र दिइ सकिएको छ। पुष २ गतेको पत्र भने सात दिनको अल्टिमेटम सहितको पत्र दिइएको कार्यालयले जानकारी दिएको छ। पत्रमा कार्यालयले मिति २०७३ वैशाख १३ गते, २०७३ फागुन १७ गते, २०७४ असार ३२ गते, २०७४ फागुन २५ गते, २०७५ साउन २ गते, २०७६ भदौ २९ गते, २०७६ पुस २० गते, २०७६ चैत्र २ गते आठ पटक र २०७७ पुष २ गते काम गर्न ताकेता सहितको पत्र काटिएको पत्रमा उल्लेख छ।

यसैगरी कार्यालयले २०७६ असोज २ गते र २०७७ कार्तिक २१ गते आर्थिक राष्ट्रिय दैनिकमा समेत काम गर्न भन्दै सूचना जारी गरिएको भएपनि काम अगाडि नबढेकोले अव पछिल्लो पुस २ गतेको सूचना अनुसार १० दिन भित्र काम नभए ठेक्का रद्ध गरिने र अर्कोलाई जिम्मा दिईने कार्यालयले जानकारी दिइएको छ।

आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठ रहेको सांसद बहादुर सिंहलामाको फमको उक्त नम्बर १२/०७२/०७३ को सो ठेक्का सम्झौता २०७२ माघ ८ गते देखी २०७५ पुष ७ गते सम्म थियो। दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गते सम्म अवधि थपिएपनि काम हुन सकेको छैन्। १३ किलोमिटरको सम्झौता रकम रु १० करोड १३ लाख ८ हजार एकसय ३० रुपैया ५५ पैसा मध्य रु ७ करोड ९६ लाख १२ हजार दुई सय ७६ रुपैया २६ पैसा भुक्तानी भईसकेको सडक डिभिजन कार्यालयले जनाएको छ।

यता आधिकारिक प्रतिनिधी नन्दलाल श्रेष्ठले भने अन्तिम सूचनाको अन्तिम दिन आज मात्रै काम शुरु गर्ने भनेर फोन गरेका कार्यालयले जनाएको छ। उनले दर्जनौं पटक काम गर्छु भनेका तर, हाल सम्मको बाँकी काम अलपत्र भएको कार्यालयले जनाउँदै आएको छ।

ठेक्का नम्बर ३/१ –२०७४/०७५मा खड्का कृष्ण गाल्भा– दक्याराभान जेभीको राजुसिहंक कठायत र तारासिंह कठायतले जिम्मा लिनु भएको काम नाग्म गमगडि राजमार्गको १७ देखी २५ सम्म ८ किलोमिटर जिम्मा लिइएको अहिले सो क्षेत्रको काम भने धमाधम भइरहको कार्यालयले जानकारी दिएको छ। नाग्म गमगडि सो १३ किलोमिटर क्षेत्रमा समयमै नभएको भन्दै रारा र सिञ्जा जाने पर्यटकलाई सास्ति हुनुका साथै विरामी भएर फर्किने गरेका छन्। स्थानीयलाई पनि उत्तिकै सास्ति हुने गरेको छ , एम्बुलेन्स समेत हिडन सो वाटोमा कठिन भएको स्थानीय बरमबहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्