काठमाडौं। आइसीएफसी फाइनान्सको १७ औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ। सभा फाइनान्सको कार्यालय टंगाल काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजे सुरु हुने भएको हो।
सभामा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ। कम्पनीले गत वर्षको नाफाबाट १०.५० प्रतिशत बोनस र कर प्रयोजन सहित ४.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत राखिएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेबाट २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।



लोकपाटी न्यूज

