काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अन्तत राजनीति रुपमा विभाजन भएको छ । ५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा संसद विघटनको सिफारिस गरे।
त्यहि दिन उनका पार्टीका नेताहरुले उक्त कदमको विरोध गदै फिर्ता लिन दबाब दिए तर ओलीले मानेनन्। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गरीन।
आइतबारबाट नै नेकपा विभाजनको जग बसेको हो। त्यसको दोस्रो दिन देखि नेकपामा दुर्ई पक्षहरु प्रष्टरुपमा आआफ्नो पक्षका भेला बैठक छलफलमा व्यस्त छन्। ५ गते नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षहरुको स्थायी कमिटी बैठक बालुवाटारमा बसेर ओलीलाई कारवाही गर्ने निर्णय गरेको थियो।
६ गते ओलीले आफु पक्षका नेताहरुलाई विशेष गरेर विघटीत संघीय संसदका सदस्यहरुलाई बालुवाटामा बोलाएर छलफल गरेका थिए । प्रचण्ड–नेपाल पक्षहरुले बानेश्वरमा आफु पक्षका संसद सदस्यहरुको बैठक बोलाएका थिए। ७ गते दुबै पक्षले आआफु निकट केन्द्रीय कमिटीका बैठक बोलाएका थिए। ओली पक्षले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा नै बोलाए।
उक्त पक्षले विधान संशोधन गरेर केन्द्रीय कमिटीको सख्या ११९९ बनायो । भने त्यहि बैठकबाट २०७८ साल २ मंसिरमा महाधिवेशन गर्ने निर्णय ग¥यो । त्यहि दिन दिउसो १ बजे प्रचण्ड–नेपाल पक्षले बबरमहलको कार्की ब्याक्वेटमा केन्द्रीय कमिटीको बैठक बसेर ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनायो।
आजै यो पक्षले ओलीलाई संसदीय दलको नेताबाट पनि हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। नेकपामा विभाजन भएर पक्ष विपक्षका गतिविधि सुरु हुदा पनि सचिवालय सदस्य रामबहादुर थापा बादलले भने मुख खोलेका थिएनन्। उनी पक्षका नेताहरुले ६ गते मन्त्री निवास पुल्चोकमा गएर ओलीसंग नमिल्न दबाद दिएका थिए।
उनले पनि सबैको सल्लाह सुझव अनुसार चल्ने बताएका थिए । तर बुधबार बिहान करिब साढे एघार बजे बादल अध्यक्ष प्रचण्ड निवास पुगेर छलफल गरेका थिए । उनले प्रचण्डसंग वरिष्ठ उपाध्यक्ष दिन माग गरेका बादल निकट एक सदस्यले बताए । उनले भने ‘बादलजी खुमलटार गएर उपाध्यक्ष मागेका रहेछन् ,प्रचण्ड केही बोल्नु भएन छ।
यता बालुवाटार आएर सहअध्यक्ष पाएपछि ओलीतर्फ नै लाग्नु भएछ ।’ बादल प्रचण्डललाई भेटेपछि सिधै बालुवाटार पुगेका थिए। बालुवाटार पुगेका बादललाई ओलीले आफुपछिको सहअध्यक्ष दिने बचन दिएको स्रोतले बताए । उनले भने ‘बालुवाटारले सहअध्यक्ष दिने बचन दिएको रहेछ । उहाँ अब छिटै ओलीको पक्षमा खुल्नु हुन्छ । आज राती अथवा भोलीसम्म ।’ जब कि उनी भन्दा पहिला पूर्व माओवादी केन्द्रका तीन जना नेताहरु ओली पक्षमा लागि सकेका छन्।
ओली समुहमा लाग्नेमा टोपबहादुर रायमाझि,मणि थापा र लेखराज भट्ट छन्। अबक बादल सहअध्यक्ष भएर ओली पक्षमा लाग्ने छन्। बादल पक्षका २३ जना केन्द्रीय सदस्य भने प्रचण्ड–नेपाल पक्षमा नै छन्। एक केन्द्रीय सदस्यले भने ‘बादल र उहाँको श्रीमति बाहेक हामी कोही पनि ओली पक्षमा नजाने भयौ । उहाँहरु भोली खुल्नु हुन्छ होला ओलीको पक्षमा।’
जनयुद्ध देखि प्रचण्ड निकट मानिदै आएका बादल पार्टी विभाजन हुदा मोहन वैद्य किरणसंग लागेका थिए । तर किरणलाई पनि छोडेर ४ बर्षपछि प्रचण्डसंगै एकता गरेका थिए । उनी पूर्व माओवादी केन्द्रको कोटाबाट सचिवालय सदस्य र गृहमन्त्री बनेका थिए । उनी राजनीति जीवनमा प्रचण्डसंग दोस्रो पटक अलग हुदै छन् ।



लोकपाटी न्यूज

