प्रबुद्ध नागरिक समूहले भन्योः ‘ओलीले जनताको बलिदानको अपमान गरे’

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। विभिन्न क्षेत्रका ५४ जना प्रबुद्ध नागरिकहरुले संसद विघटनको कदमलाई अत्यन्तै प्रतिगामी र गैरसंवैधानिक कदम भनेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै प्रबुद्ध नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलीभगतमा गरिएको संसद विघटनको भर्त्सना समेत गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको छ। जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सीमित उपलब्धी पनि गुम्ने खतरा टड्कारो देखिएको छ। त्यसैले कोर्स करेक्सन गर्दै यो प्रतिगामी कदम तुरुन्त बदर गर्न हामी जोडदार माग पनि गर्दछौं।’

बुधबार काठमाडौं आयोजित प्रबुद्ध नागरिकहरुको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला चालेको गैरसंवैधानिक कदम भर्त्सनायोग्य मात्र होइन, अमानवीय पनि भएको बताए। ओलीको उक्त कदमविरुद्ध सशक्त प्रतिरोधमा उत्रने भेलाको निर्णय गरेको छ। भेलाले ‘वृहत् नागरिक आन्दोलन’ नामाकरण गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनको यो ताजा प्रपञ्चसम्म पुर्‍याउन र आमजनतालाई निराशामा धकेल्नमा दलहरुको समेत भूमिका रहेको निस्कर्ष निकाल्दै दलहरुलाई जनताप्रति जिम्मेवार भएको प्रतिबद्धता जाहेर गर्दै प्रतिगमनको कडा प्रतिवादमा उत्रन पनि यो आन्दोलन आह्वान गर्दछ।’

प्रेस विज्ञप्ती
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अचानक गरिएको संसद विघटनपछि मुलुकमा उत्पन्न संकटग्रस्त अवस्थालाई मध्यनजर गर्दै २०७७ पुष ७ गते आकस्मिक रुपमा काठमाण्डौंमा आयोजित सचेत बौद्धिक, लेखक, कवि, कलाकार तथा नागरिकहरुको भेलाका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

१. प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगठनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भत्सर्ना गर्दछौं । यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको छ । जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सिमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको छ । त्यसैले कोर्स करेक्सन गर्दै यो प्रतिगामी कदम तुरुन्त बदर गर्न हामी जोडदार माग पनि गर्दछौं ।

२. कुनै राजनीतिक दलको आन्तरिक खिचातानी वा शक्ति संघर्षप्रति हाम्रो प्रत्यक्ष चासो छैन । हामी आन्दोलित हुनको मूख्य कारण लामो संघर्षपछि प्राप्त नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको मूल्य मान्यतामा संविधानको प्रतिपालन र रक्षा गर्नुपर्नेहरुबाटै प्रहार हुनु नै हो ।

३. कोरोना विश्वव्याधीले उत्पन्न गरेको जनस्वास्थ्य संकट तथा सरकारको समेत नालायकीका कारण व्यापार, व्यवसाय, कृषि, उद्यम सबैतिर पर्न गएको प्रतिकुल असर तथा जनताले दैनन्दिन जीवनमा भोगिरहेको अत्यन्त असहज परिस्थितिको सामना गर्न उद्यत हुनुपर्ने बेला प्रधानमन्त्री ओलीले चालेको यो गैरसंवैधानिक कदम भत्सर्नायोग्य मात्र होइन, अमानवीय पनि छ । समग्र नेपाली जनताको हित र अधिकारको रक्षाको निम्ति यो प्रतिगामी संवैधानिक कूको सशक्त प्रतिवाद गर्नु सबै सचेत न्यायप्रेमी नागरिक, कवि, लेखक, पत्रकार, पेशाकर्मी, बौद्धिक लगायतको कर्तव्य हुनजान्छ । लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ-आफ्नो ठाउँबाट आ-आफ्ना माध्याममार्फत सशक्त प्रतिरोधमा उत्रन हामी आह्वान गर्दछौं ।

४. दलित, महिला, आदिवासी, जनजाति, मधेसी, थारु लगायत सबै सिमान्तकृत र विपन्न समुदायले राज्यमा खोजिरहेको हिस्सेदारी तथा अधिकारको आवाजलाई दबाउने र प्रतिगमनमार्फत समाजलाई झन् पछाडि धकेल्ने यो कदमका विरुद्ध सबै तह, तप्का, समुदायका जनतालाई समेत प्रतिरोधमा उत्रन हामी अपिल गर्दछौं । त्यसपछि मात्र हालसम्म वञ्चित समुदायहरु लगायत आम नागरिकको निम्ति सार्थक विकास र समृद्धिको मार्ग प्रशस्त हुनेछ ।

५. भेलाले यो सचेत नागरिकहरुको पहललाई वृहत् नागरिक आन्दोलन नामाकरण गर्दै प्रत्यक्ष वा परोक्ष सम्पर्कमार्फत यो पहलमा सहभागि हुन लोकतन्त्र, नागरिक अधिकार, सामाजिक न्याय, समानतामा विश्वास गर्ने सबै तह, तप्का तथा समुदायका नागरिकलाई आहवान गर्दै हातेमालो गर्ने निर्णय पनि गरेको छ ।

६. प्रतिगमनको यो ताजा प्रपञ्चसम्म पुर्‍याउन र आमजनतालाई निराशामा धकेल्नमा दलहरुको समेत भूमिका रहेको निस्कर्ष निकाल्दै दलहरुलाई जनताप्रति जिम्मेवार भएको प्रतिबद्धता जाहेर गर्दैप्रतिगमनको कडा प्रतिवाद उत्रन पनि यो आन्दोलन आह्वान गर्दछ । साथै यो प्रतिगमनविरुद्ध सडकमा उत्रेरै प्रतिरोध गर्ने निर्णय पनि गरिएको हुनाले यसमा समेत सहभागि भई मुलुक र जनताको भविश्यप्रतिको जिम्मेवारी निर्वाह गर्न हामी सबैलाई अपिल गर्दछौं ।

संयोजन: युग पाठक
भेलामा प्रत्यक्ष/परोक्ष सहभागी सदस्यहरु:
१. अर्चना थापा (लेखक/अभियन्ता)
२. अनिता माझी (संचारकर्मी/अभियन्ता)
३. अनुभव अजीत (नागरिक अधिकारकर्मी/अभियन्ता)
४. अस्मिना रञ्जित (कलाकार)
५. आनन्द गुप्ता (मधेसी अधिकारकर्मी/अभियन्ता)
६. आरके तामाङ (अभियन्ता)
७. आशिष घिमिरे (अभियन्ता)
८. उद्धव प्याकुरेल (अधिकारकर्मी/अभियन्ता)
९. काजी गुरुङ (अभियन्ता)
१०. केपी पाठक (चलचित्रकर्मी)
११. कैलाश राई (लेखक/अभियन्ता)
१२. खगेन्द्र संग्रौला (लेखक/नागरिक अगुवा)
१३. गुरुङ सुशान्त (लेखक/अभियन्ता)
१४. घिमिरे युवराज (रंगकर्मी/अभियन्ता)
१५. चन्द्रवीर तुम्बापो (कवि/अभियन्ता)
१६. छम गुरुङ (कवि/अभियन्ता)
१७. जेबी विश्वकर्मा (अधिकारकर्मी/अभियन्ता)
१८. ज्योति भट्टराई (कवि/अभियन्ता)
१९. डिबी आङबुङ लिम्बु (मुन्धुम अध्येता/अभियन्ता)
२०. तारालाल श्रेष्ठ (लेखक/प्राध्यापक/अभियन्ता)
२१. तुलसीदास महर्जन (लेखक/अभियन्ता)
२२. दिनेश पन्त (अभियन्ता)
२३. दुर्गाबहादुर खत्री (अभियन्ता)
२४. नरेन्द्र खतिवडा (अधिकारकर्मी/अभियन्ता)
२५. नविन तिवारी (अभियन्ता)
२६. नारायण वाग्ले (लेखक/पत्रकार/अभियन्ता)
२७. पुष्कर काफ्ले (अभियन्ता)
२८. प्रमोद संकल्पित (मधेसी अधिकारकर्मी/अभियन्ता)
२९. प्रेम वाइबा (अभियन्ता)
३०. बालकृष्ण माबुहाङ (लेखक/प्राध्यापक/अभियन्ता)
३१. बुद्धछिरिङ मोक्तान (अभियन्ता)
३२. बुद्धराज लामा (अभियन्ता)
३३. भूपाल राई (कवि/अभियन्ता)
३४. मनोज खतिवडा (अभियन्ता)
३५. मनोज पण्डित (चलचित्रकर्मी)
३६. युग पाठक (लेखक/अभियन्ता)
३७. युवराज भट्टराई (लेखक/अभियन्ता)
३८. राजन खतिवडा (रंगकर्मी)
३९. राजन काफ्ले (कलाकार)
४०. राजु स्याङतान (कवि/अभियन्ता)
४१. रुपबहादुर सुनार (अधिकारकर्मी/अभियन्ता)
४२. वसन्त रञ्जितकार (अभियन्ता)
४३. विनोद लोहनी (अभियन्ता)
४४. विमल अर्याल (नागरिक अधिकारकर्मी)
४५. विप्लव प्रतिक (कवि)
४६. श्याम श्रेष्ठ (नागरिक अगुवा)
४७. स्वर्णिम दिनेश (अभियन्ता)
४८. शिवहरी ज्ञवाली (लेखक/अभियन्ता)
४९. सरोजराज अधिकारी (संचारकर्मी/लेखक)
५०. सङ्गीत (लेखक/अभियन्ता)
५१. संघर्ष दहाल (अभियन्ता)
५२. सञ्जिव उप्रेती (लेखक)
५३. सिर्जना खड्का (संचारकर्मी)
५४. हिमाल पौडेल (संचारकर्मी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्