बर्दिया। बर्दियामा भारतबाट भन्सार छलि गरेर अवैधरुपमा ल्याइएका सामान बरामद गरिएको छ। गएको २४ घण्टामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेका अबैध सामान बरामद गरिएको हो।
बरामद गरिएका सामानहरुमा किराना पसलका सामान, मोबाइका विभिन्न पार्टस, डिजल, चिनी, भेली, सुर्तिजन्य पदार्थहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया र गण मातहतका युनिटहरुबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो।
बरामद गरीएको समानको मूल्य करिब चार लाख चालिस हजार छ सय सन्ताउन्न रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त बरामद गरिएका सामान भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाएको छ।



लोकपाटी न्यूज

