काठमाडौं। संसद पुनस्र्थापनाको माग गर्दै दायर भएका सम्पूर्ण रिट निवेदनहरु संबैधानिक इजलासमा सुनुवाई गर्ने गरी पठाईएको छ।
प्र्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले ती निवेदनहरु संबैधानिक इजलासमा पठाएको हो।
रिट निदेवनमा उठाइएका बिषय गम्भीर संबैधानिक प्रश्न भएको उल्लेख गर्दै त्यसलाई संबैधानिक इजलासमा सुनुवाई गर्ने गरी पठाईको हो।
आउँदो शुक्रबार गठन हुने संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित चार जना न्यायाधीश रहने छन् ।
आज (बुधबार) रिटमाथि भएका केही बहसपछि राणाले यी रिटमाथि गम्भीर संवैधानिक सुनुवाइ गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा नै पठाउने निर्णय गरेका हुन्।
संसद् विघटनविरुद्ध परेका १२ वटा रिटलाई प्रारम्भिक सुनुवाइको लागि बुधबार बिहान प्रधानन्यायाधीश जबराको इजलास तोकिएको थियो।
रिट निवेदनमा अन्तरिम आदेशको माग भए पनि प्रधानन्यायाधीश जबराले अन्तरिम आदेश दिन अस्वीकार गर्दै संवैधानिक इजलासले यसको टुङ्गो लगाउने बताएका हुन्।



लोकपाटी न्यूज

