काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज संसदीय दलको बैठक बोलाएको छ। बिहान साढे ११ बजे बैठक बोलाइएको हो। पार्टीको अर्को केन्द्रीय समितिको बैठक भने बिहीबारका लागि तोकिएको छ।
मंगलबार बबरमहलमा बसेको केन्द्रीय समितिको बैठकले बैठकले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ। केपी ओलीले पार्टी एकता विरोधी काम गरेकाले उनलाई पदबाट हटाइएको छ।
यस्तै बैठकले संसद विघटन असंवैधानिक कदम भएको निष्कर्ष निकालेको छ। बैठकले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नभएको भन्दै संसदको अधिवेशन आह्वान गर्ने पनि निर्णय गरेको छ। ओलीले गरेको कदम विरुद्ध संघर्ष गर्नेपनि बैठकले निर्णय भएको छ।
यस्तै केन्द्रीय समिमि बैठकले पार्टीको आन्तरिक समस्या र त्यसको समाधानका बारेमा छलफल र निष्कर्षका लागि प्रस्तुत भएका प्रस्ताव अध्ययनका लागि केन्द्रीय सदस्यलाई वितरण गरेको छ। यसबारेमा पुष ९ गते सुरु हुने बैठकमा छलफल हुने छ।



लोकपाटी न्यूज

