राष्ट्रपतिलाई भेट्न शितलनिवासमा चिनियाँ राजदूत यान्छी

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी शितलनिवास पुगेकी छन्। राजदूत यान्छी साँझ करिब ६ बजे राष्ट्रपति निवास पुगेको शितलनिवास बताइएको छ।

नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन्। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले सत्तारुढ नेकपा फुट्को संघारमा छ। उनले एक साताअघि देखिनै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको स्रोतले जनाएको छ।

भेटमा कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले भन्यो। सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्