अमेरिकाको राजदूतमा डा. खतिवडा नियुक्त

Yuwaraj_Khatiwada
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ बमोजिम पूर्वअर्थमन्त्री डा खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्