बाजुराको मार्तडीबाट एक महिला पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ७ पुस। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा चरेश जस्तो देखिने कालो पदार्थसहित एक महिला पक्राउ परेकी छन्।

आज दिँउसो २ बजेतिर सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताए।

प्रहरी प्रमुख महराका अनुसार गौमुल गाउँपालिका वडा न १ घर भई हाल बडिमालिका नगरपालिका वडा न ८ मार्तडीमा किराना पसल गरीरहेकी वर्ष ४९ की मैना रोकायाको पसलबाट सो चरेश जस्तो देखीने पदार्थ गोप्य सूचनाका आधारमा बरामत गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्