ओलीको भेलामा गएनन् बादल

Ram Bahadur thapa Badal
लोकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन्। केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन्।

बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन्। सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए। नेकपाको सचिवालयका सदस्य समेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड समूह दुवैले डाकेको बैठकमा नजाने बताएका छन्।

गृहमन्त्री थापाले आफू अन्तिमसम्म पनि पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका छन्। नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने कुनै समूह तर्फ खुलेका छैनन्। दुवै अध्यक्षसँग सल्लाह गरेर आफूले निर्णय लिने बताएका थिए।

हिजै बेलुका थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए। संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि हिजो दुवै अध्यक्षले राखेका कुनै भेलामा थापा सहभागी भएनन्। आज विहान उनलाई भेट्न कार्यकारी अध्यक्ष प्रचण्ड पुल्चोक पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्