कोभिड-१९ को संक्रमणबाट थप ७९ को मृत्यु

corona doctor
लोकपाटी न्यूज

काठमाडौं, ५ पुस, पछिल्लो २४ घण्टामा देशभर ७ सय ४२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् भने थप ७९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र २४ घण्टामा ३११ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २३५ ललितपुरमा ५५ र भक्तपुरमा २१ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

यस्तै सोमबार १ हजार ९७ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर ७ हजार ९७६ जना सक्रिय संक्रमितरहेका छन्।

आज देशभर ६ हजार ३५१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ। नेपालमा हालसम्म कुल १८ लाख ७७ हजार १८१ पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्