काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ७ सय रुपैयाले घटेको हो। आइतबार प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।



लोकपाटी न्यूज