राखेपद्वारा १३ औँ दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक

pic 8
लोकपाटी न्यूज

काठमाडौं। आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ।

राखेप परिसरमा पत्रकार सम्मेलन गरी राखेपले सागमा १ अर्ब ३७ करोड ७८ करोड ४३ हजार ६१ खर्च भएको जनाएको छ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले सागको खर्च १ अर्ब ३१ करोड र पूर्वाधार निर्माणमा २ अर्ब ६ करोड १४ लाख २ लाख ९७३ खर्च भएको बताएका छन्।

सागको खर्च विवरण समयमा सार्वजनिक गर्न नसक्नुका पछाडि काठमाडौं, पोखरा र जनकपुरबाट हिसाबकिताब समयमा नआइ पुग्नु भएको बताएका छन्।