काठमाडौं। मौसम पुर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम सफा रहने जनाएको छ। आज देशभर केही ठाउँबाहेक धेरै ठाउँमा घाम लागिरहने छ। अहिले बिहान तराईका केही ठाउँमा सामान्य तुसारो लागेको छ।
तर दिउँसोपछि तराईमा लागेको सामान्य खालको तुसारो पनि हटेर घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक बद्लीको सम्भावना छ। बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चिसो अझै बढ्ने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। राति भने देशभरको मौसम सामान्यतया सफा नै रहनेछ। भोलि पर्सिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ। देशमा अहिले कुनै पनि प्रणाली नभएकाले पानी पर्ने वा हिमपातको सम्भावना छैन।



लोकपाटी न्यूज
