राजेन्द्र बिक, बाजुरा, १३ मंसिर। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ७ ढम्कनेमा परीक्षणका लागि लगाएको गहुँ पाक्न सुरु भएको छ। बेमौसमी बालीको रुपमा परीक्षण स्वरुप लगाएको डब्लुके ३०२७ आई प्रजातिको गहुँ पाकिसकेको छ।
त्यसैगरि डब्लुके ३०२६ आई प्रजातिको गहुँ बाली पाक्न बाँकी रहेको बडीमालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। बेमौसमी बाली कृषि ज्ञान केन्द्रको बीउ तथा प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा परीक्षण कार्यका लागि उक्त गहुँ लगाइएको थियो।
वडाअध्यक्ष पाध्यायका अनुसार सो बाली परीक्षणका लागि लगाइएको हो। बाली परीक्षण सफल भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। बहुबालीको परीक्षण सफल भएकोमा स्थानीय कृषकहरूले खुसी व्यक्त गरेका छन्।



लोकपाटी न्यूज

