ज्योतिष सिटौलाको सुझाव : ‘आज पापकर्तरी योग छ, ओलीले प्रस्ताव नराख्दा राम्रो’

suneel-sitaula
लोकपाटी न्यूज

काठमाडौं, १३ मंसिर। ज्योतिष सुनिल सिटौलाले आज बस्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेश नगर्न सुझाव दिएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्, “आज चन्द्रमा पापकर्तरी योगमा परेको छ। यस्तो बेलामा आज प्रधानमन्त्री ओलीज्युबाट नेकपा सचिवालयमा प्रस्तुत हुने प्रतिवेदनले निश्चय नै नेकपालाई अप्ठ्यारो पार्न सक्छ। सकिन्छ भने आज त्यसलाई स्थगित नै गर्ने सल्लाह दिन सकिन्छ।’’

नेकपाको सचिवालय बैठक भर्खरै बालुवाटारमा सुरु भएको छ। बैठकमा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावका विरुद्ध जवाफी प्रस्ताव पेश गर्ने र त्यसमाथि बैठकमा छलफल हुने कार्यसूचि रहेको छ।

suneel-sitaula

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्