अल्टिमेट हिमालयन मोटरल्यान्डको अध्यक्षमा बराल

pic 2
लोकपाटी न्यूज

काठमाडौं। धुलिखेलमा अवस्थित नेपालको एक मात्र रेसिङ सर्किट ‘अल्टिमेट हिमालयन मोटरल्यान्ड’ को साधारण सभा सम्पन्न भएको छ। उक्त मोटरल्यान्ड सञ्चालनका लागि अनिलकुमार बराल अध्यक्ष, दिप्रश शाक्य प्रबन्ध निर्देशक तथा सुशील तण्डुकार टेक्निकल निर्देशक रहने गरी ९ सदस्यीय संचालक समिति गठन भएको छ।

बिसौँ वर्ष अटोमोबाइल क्षेत्रमा क्रियाशील अध्यक्ष बराल एउटा स्थापित उद्योगपति हुनुका साथै रेसिङ क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पकट सहभागी भएका ब्यक्तित्व पनि हुन्। त्यसै गरी सफल उद्योग व्यवसायी घरानाका दिप्रश मोटर स्पोट्र्सप्रेमी तथा यस विषयमा जानकार व्यक्तित्व हुन्।

अटोमोबाइलमा एक दशक अनुभव बटुलेका सुशील सफल इन्जिनियर मात्र नभई मोटर स्पोट्र्सलाई नेपालमा स्थापित गर्न सुरुदेखि लाग्ने एक अनुभवी पात्र पनि हुन्। नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा राख्न यस प्रकारका साहसिक खेलको ठुलो योगदान रहनेमा विश्वस्त छन्, संचालक समितिका अर्का सदस्य तथा नासा नेपालका सचिव निरज खड्का। आशिस लामिछाने प्रमख सल्लाहकार रहेको यो टोलीलाई नासा नेपालका अध्यक्ष दशरथ रिसालले खादा ओढाई बधाई तथा सफल कार्यक्रमको शुभकामना दिएका थिए।

विश्वमा साहसिक अनि महँगो खेल भनि  परिचित मोटर स्पोट्र्स नेपालमा अहिले युवाहरुबीच लोकप्रिय हुदै गइरहेको छ। मोटरसाइकल अनि मोटरकारको छुट्टाछुट्टै प्रकृतिमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौ देखि अग्रसर भएको बताएको छ।

हातमा गन्न सकिने केहि खेलाडीहरुले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन्। यस कार्यलाई अझ ससक्त गरि तालिम, प्रतियोगिता लगायत रेफ्री, मार्सल, खेलाडी नै तयार गर्ने विभिन्न योजनाका साथ रेसिङ सर्किट धुलिखेलमा निर्माण गरिएको छ, जुन संसारका रेसिङ सर्किटहरु मध्ये विश्वकै अग्लो स्थानमा अवस्थित पनि रहेको छ।

बालबालिका, युवा समेतलाई नियमित खेल अनि तालिम दिन कार्ट, चालक तालिमका लागि सिमुलेटर सहित करिव ३५ रोपनीमा तयार गरिएको सो रेस ट्रयाक अन्तर्राष्ट्रिय नियमाक संस्था एफआईए तथा एफआईएमबाट अनुवन्धित संस्था नासा नेपालबाट स्वीकृत प्राप्त नेपालको लागि एक मात्र रेसिङ सर्किट हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्