संवैधानिक आयोगलाई पूर्णता दिन संसदीय सुनुवाइ समितिको निर्देशन

sssn
लोकपाटी न्यूज

काठमाडौं। संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रहेका रिक्त पदमा पदपूर्ति गर्न निर्देशन दिएको छ।

विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति गर्न बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले निर्देशन दिएको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक आयोग, निकायमा पदपूर्ति नभए संविधान नै पूर्ण नहुने भन्दै संविधान पालनाका लागि पनि आयोगले पूर्णता पाउनुपर्ने बताए।यस्तै, समितिले समावेशी ऐन निर्माणका लागि संसदमा विधेयक ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ।

प्रधानमन्त्रीको तर्फबाट बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक परिषद्को बैठक बस्न बहुमत नपुग्दा नियुक्तिमा ढिलाइ भएको बताए।

तर, समितिले भने बहुमत पुग्ने वा नपुग्ने विषय व्यवस्थापिकाको नभइ कार्यपालिकाकै भएको भन्दै रिक्त पदमा अविलम्ब पदपूर्ति गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्