कोरोनाबाट पोखरामा थप दुईको मृत्यु

corona-death
लोकपाटी न्यूज

काठमाडौं। कोरोना संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ। पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक र कास्की सेवा अस्पतालमा एकको मृत्यु भएको हो।

बुधबार राति पोखरा महानगरपालिका १३ की ६६ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै कास्की सेवा अस्पतालमा लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिलाको मृत्यु भएको छ। मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको महिलाको बुधबार राति मृत्यु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्