काठमाडौं। नेपाली बजारमा बिहिबार सूनको स्थिर छ। दुई दिनमा २ हजार ८ सयले ओरालो लागेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य मंगलबार १ हजार ८ सय र बुधबार १ हजार रुपैयाँले घटेको थियो। तर, बिहीबार भने मूल्यमा घटबढ भएको छैन। बिहिबार छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ।
यस्तै तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ रहेको महासंघले जनाएको छ। बुधबार चाँदीको भाउ पनि स्थिर छ। चाँदी तोलाको १ हजार १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।



लोकपाटी न्यूज