काठमाडौं। अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ। कार्डिक अरेस्टका कारण उनको ६० वर्षको उमेरमा निधन भएको हो।
घरमै रहेका बेला उनलाई हृदयघात भएको हो। दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो।
म्याराडोनालाई विश्वका सर्वकालिन सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छ। बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए।उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए।



लोकपाटी न्यूज

