लहान अस्पतालको अध्यक्षमा महतो चयन

pic
लोकपाटी न्यूज

महेश सिंह/ सिराहा, २९ असार। सिरहाको लहान नगरपालिका वडा नम्बरं ३ स्थित रहेको लहान अस्पताल तथा राम कुमार उमा प्रसाद स्मारक अस्पतालको अध्यक्षमा रोहित महतो मनोनयन भएका छन्।

केहि महिनादेखि विवादमा रहेको अस्पतालमा काम गर्न कठिनाइ खेप्नु परेको अस्पतालका प्रमूख डाक्टर शुनिल प्रसाद कुशवाहाले बताए। राजनीतिको चङ्रुरमा परेको अस्पताल धरासाही भएको थियो। लहान नगरपालिकाको मातहतबाट हटार प्रदेशमा गबिधिया अस्पतालमा कलाउन समस्या खेपनु परेको कुशवाहाले बताए।

वडा नंम्बर ३ को वडाध्यक्ष रामदियाल महतोले यस अस्पतालको १ विगहा १५ धुर जग्गा हाल सम्म दाताकै नाममा रहेकोले होस्पिटलको विकासमा थप बाधा भइरहेको बताए। अध्यक्ष महतोले भने, ‘म आफ्नो कार्यकालमा १०० वेडको सुविधा सम्पन्न हस्पिटल बनाउँछु। म यहाँ खालिहात आएको छैन विकास गर्ने उदेश्य र अस्वासनले नै अएको छु। लहान नगरपालिका देशकै सबैभन्दा ठूलो नगरपालिका हो सो ठाउँमा रहेको होस्पिटलको अध्यक्षमा मनोनित भएकोमा म धेरै खुसी भएको छु। यसमा स्थानीय सबै पक्षको साथ र सहयोगको आशा राखेको छु।’

कार्यक्रममा जसपाको नेता रामचलितर महतो,मुरारी प्रसाद साह,जितेन्द्र महतो,रामु महतोको उपस्थित रहेको थियो ।
प्रदेश नं २ को जनकपु पछिको दोश्रो ठूलो अस्पतालको नामले चिनिने राम कुमार उमा प्रसाद स्मारकमा विगत केहि महिनादेखि अध्यक्ष बिहिन रहेको अस्पतालको मुहार फेरिनेतर्फ उन्मूख भएको छ।

प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको मन्त्री परिषदको निर्णयवाट अध्यक्षमा रोहित महतो सदस्यहरुमा क्रमश गोपाल गुप्ता,पारो देवि पासवान र जग्गा दात परिवार वाट अशोक मुरारकालाई मनोनयन गरिएको छ। शुक्रबार एक समारोहका बीच नवमनोनीत पदाधिकारीहरुले पदभारको जिम्मेवारी ग्राहन गरेका छन्। समारोहमा जनता समाज वादी पार्टीको नगर अध्यक्ष दिने महतो, मो. आलमले भने २०३५ सालमा स्थापना भएको यो अस्पतालबारे बोलेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्