थप ८२ जनामा कोरोना पुष्टि, कहाँ कति थपिए ?

corona doctor
लोकपाटी न्यूज

काठमाडौं, २८ असार। नेपालमा आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।

आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएकोमा ८२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। डा. गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका एकजना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मनवानपुरका एकजना र सिन्धुलीका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एकजना र सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना, नवलपरासी पूर्वका एकजना, पर्वतका २ जना स्याङ्जाका एकजना र तनहुँका ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा गोरखाका एकजना र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना र पाल्पाका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना र दार्चुलाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्